तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा उपभोक्ता ठग्ने व्यापारीविरुद्ध मुद्दा

बैतडी  । बैतडीमा उपभोक्तालाई ठग्ने र कालोबजारी गर्ने व्यापारीविरुद्ध मुद्दा चलाउने गरिएको छ ।

चालु आर्थिक वर्षमा ४ वटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताउनुभयो ।

ती मुद्दा मध्ये २ वटाको फैसला भइसकेको छ भने २ वटा विचाराधीन अवस्थामा रहेको उहाँले बताउनुभयो ।

फैसला भएका मुद्दामा एक मिठाई पसले र एक होटेल व्यवसायीलाई ५÷५ हजार जरिवानाको फैसला भएको उहाँले बताउनुभयो ।

फैसला हुन बाँकी मुद्दा पनि खाद्य पदार्थका रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यस्तै ७ वटा मुद्दा दर्ताको तयारीमा रहेको सहायक पमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button