तपाईँ सुन्दै हुनुहुन्छः

सडक विकासको मेरुदण्ड : नेता नेपाल

सिन्धुपाल्चोक । अरनिको राजमार्ग अन्तर्गत सुकुटे देखि जल्किनीसम्मको सडकमा यातायात सञ्चालनमा ल्याइएको छ । बिहीबार एक कार्यक्रम गरेर बागमती प्रदेश सभा सदस्य तथा अर्थ विकास समितिका सभापति सरेश नेपालले सुकुटे कार्किटार जलकिनी सडक तथा यातायातको रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
सडक तथा यातायात उद्घाटन गर्दै नेता नेपालले सडक विकासको मेरुदण्ड भएको र यातायातको साधन राम्रोसँग सञ्चालन गर्ने हो भने विकासको झन्डै आधा काम सकिने बताउनु भयो । आफू जिविसमा हुँदा यो सडकको परिकल्पना गरेको समेत जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रको अर्थ प्रणालीलाई माथि उठाउन सडकको धेरै महत्त्वपूर्ण रहने बताउनु भयो । यदि कृषिको विकास गर्नु छ भने कृषि सडकको विकास गर्नुपर्छ । जिल्लाको सबै तिर सडक पु¥याउन लागेको र भएको सडकको स्तर उन्नति गर्न लागेको समेत बताउनु भयो ।
सडक राम्रोसँग निर्माण नहुँदा बाढिपहिरो, भूक्षय बढेकोले बनेको सडकको स्तर उन्नति गर्न अत्यावश्यक भएको बताउनु भयो । जिल्लाका धेरै सडकको स्तर उन्नति गर्न बजेट विनियोजन गरेको जानकारी गराउनु भयो । यातायात क्षेत्रमा भएको अस्तव्यस्त अन्त्य गर्न आफू लागिरहेको बताउनु भयो ।
यातायात व्यवसायी तथा स्टाफले यात्रुलाई राम्रो व्यवहार गर्न र कलेज र प्लस टु क्यू भनेर बिहान पनि यातायात सञ्चालन गर्न पनि सांसद नेपालले आग्रह गर्नुभएको छ । सरकारले जनतालाई दिने सेवा विभिन्न माध्यम बाट दिने भन्दै यातायातको सेवा निजी क्षेत्रबाट दिने भएकोले सोही अनुसारको सेवा दिन व्यवसायीहरूलाई नेता नेपालले  आग्रह गर्नु भएको छ ।
विशेष अतिथि अरनिको यातायात सेवा समिति अध्यक्ष चित्र कुँवरले यो रुटमा नियमित यातायात सञ्चालन गर्न आफ्नो समितिबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । ठोकर्पा सुकुटे कार्किटार जल्किनी हुँदै अफिस भ्याउने समयमा चौतारा सम्म पुग्ने रुट सञ्चालनको बारेमा सल्लाह गर्ने पनि जानकारी दिनु भयो । उनले कतिपय घरायसी सामाग्री पनि बसमै ल्याइदिनु भएमा आर्थिक रूपले गाडीमा मद्दत पुग्ने बताउनु भयो । कुँवरले आउँदो २७ गते शनिबार बाट नै क्यू मिलाउने बताउनु बताउनु भयो ।
चौतारा साङ्गाचोकगढी नगरपालिका वडा नम्बर १० का अध्यक्ष बेलबहादुर महतले करिब २० बर्ष पहिले शिलान्यास भएको उक्त सडकले बल्ल पूर्णता पाएको जानकारी गराउनु भयो । उहाँले यातायात सञ्चालन निरन्तरता दिँदै ठोकर्पाको १२ किलो देखि चौतारा सम्म बिहान अफिस समय भ्याउने गरी बस सञ्चालन गरिदिन पनि अनुरोध गर्नु भएको छ ।
अरनिको यातायात सेवा समितिका पूर्व अध्यक्ष तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष जीतबहादुर भारतीले सरेश नेपाल जिल्ला विकास समितिका सभापति हुदां र आफू सदस्य हुँदा सुरु भएको सडकले अहिले आएर पूर्णता पाएको बताउनु भयो । तत्कालीन जिविस सभापति तथा प्रदेश सांसद नेपालले यो दल उ दल नभनी विकास निर्माणको काम गरेको पनि बताउनु भयो ।
सुनकोसी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामहरि खड्का लगायत स्थानीय जनप्रतिनिधि तथा यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो । सुकुटे टोल विकास समितिका अध्यक्ष नरेन्द्र कुमार खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । ।
९.२ किलोमिटर उक्त सडकबाट  २ हजार भन्दा बढी जनताले लाभ लिने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button