कर्णालीमा चार जनामा कोरोना सङ्क्रमित थपिए

सुर्खेत । कर्णाली प्रदेशमा थप ४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
विहीबार पुष्टि भएका मध्ये सुर्खेतका तीन जनासँगै डोल्पाका एक जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
योसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको संख्या सात हजार ४० पुगेको छ । प्रदेश अस्पताल÷पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा थप चार जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँंडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विहीबार १७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् भने दुई सय ६२ वटा आइसोलसन रहेको कर्णालीमा हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या छ हजार पाँच सय ६७ पुगेको छ ।
प्रदेशभर नयाँ सङ्क्रमितसहित आइसोलेसनमा रहेका र रहने क्रममा रहेका सक्रिय विरामीको संख्या भने तीन सय ३० रहेको छ ।
विहीबार एक जना पुरुषको मृत्युसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्