बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

नेपालगञ्ज। बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । कैलाली र कन्चनपुरका १/१ जनाको कोरोनाबाट मृत्यु भएको हो । कन्चनपुरको बेलौरी ९ का ४५ बर्षीय पुरुषको गएराति नेपालगन्ज मेडिकल कलेज कोहलपुर र कैलालीको जमुनी २ का ६७ वर्षीय पुरुषको पनि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
यो संगै बाँकेमा कोरोनाबाट १ सय ६ जनाको मृत्यु भएको छ । त्यसमा बाँकेका ४० जना र बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ६६ जनाको मृत्यु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्