तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते

कैलाली । कैलालीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका–३ को कुचैनीमा से १ प ५५७८ र से ६प ३७११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा से१प५५७८ नम्बरको मोटरसाइकलमा सवार धनगढी –१९ का पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

सोही मोटरसाइकलका चालक धनगढी–१७ का रमेश बोहराको पनि कोहलपुरमै उपचार भइरहेको छ । से ६प ३७११ नम्बरको मोटरसाइकलका चालक र मोटरसाइकलपछाडी सवार घाइतेको धनगढी स्थित माया मेट्रोमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button