पञ्चदेवल विनायक नगरपालिका ४ दिनपछि खुला

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाले कार्यालयको सेवा प्रवाहलाई निरन्तरता दिएको छ ।
नगरपालिकाका अधिकांश कर्मचारीहरुलाई कारोना भाइरस (कोभिड – १९) संक्रमण पुष्टि भए संगै थप जोखिम बढ्न सक्ने भन्दै मंसिर २० गते देखि ७ दिन सम्मका लागि नगरपालिकाको सेवा प्रवाहमा रोक लगाएको थियो ।
मंसिर २३ गते जिल्ला प्रशासन कार्यालय अछामको सुचना अनुसार कार्यालयको कामलाई निरन्तरता दिने नगरपालिकाले जनाएको हो ।
सार्वजनिक निकायमा कार्यरत पदाधिकारी, कर्मचारी कोभिड –१९ बाट संक्रमित भएमा वा कन्ट्याक्ट् ट्रेसिङमा परेमा त्यस्ता पदाधिकारी वा कर्मचारी बाहेक अन्य पदाधिकारी वा कर्मचारीबाट सार्वजनिक सेवालाई निरन्तरता दिने जिल्ला प्रशासनको निर्णय बमोजिम सेवा प्रवाह गरिएको नगरपालिकाले जनाएको छ ।
सभा, सम्मेलन, खेलकुद प्रतियोगिता, जात्रा मेला जस्ता अनावश्यक कार्यक्रमहरु अर्को व्यावस्था नभए सम्मका लागि पुर्ण रुपमा बन्द गरिएको हुँदा त्यस्ता गतिविधि नगर्न नगराउन नगरपालिकाले अनुरोध समेत गरेको छ । पछिल्लो समय अछाममा कोरोना संक्रमण बढ्दै गैरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्