बैतडीका ४ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शून्य
बैतडी । बैतडीका १० स्थानीय तहमध्ये ४ स्थानीय तह हाललाई कोरोना सक्रिय संक्रमित शून्य रहेका छन । जिल्लाको मैलौली नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका सक्रिय संक्रमित शून्य रहेका हुन् ।
यी स्थानीय तहहरुमा हाल एक जना पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
मेलौलीमा हालसम्म ४७, सिगासमा ५५, पञ्चेश्वरमा ६३ र शिवनाथमा ५१ जनामा कोरोना पुष्टि हुँदा सबैले कोरोना जितेका हुन् । बैतडीमा हालससम्म ५ सय ७७ जनामा संक्रमण पुष्टि हुँदा ६ स्थानीय तहमा ६८ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।
सबैभन्दा बढी दरशथचन्द नगरपालिकामा ४६, डिलाशैनी गाउँपालिकामा १७, पुर्चौडी नगरपालिकामा २, पाटन नगरपालिकामा १, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा १–१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।
जिल्लामा ५ सय ८ जनाले कोरोना जितेका छन् भने १ जनाको मृत्यु भएको छ ।
बैतडीमा गत जेठ ९ गते पहिलोपटक एक थुनुवामा कोरोना संक्रमण देखिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्