अघिल्लो वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग
सर्लाही । सर्लाही जिल्लाका उखु किसानले अघिल्लो वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन् ।
जिल्लाका उखु किसानहरुका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६१७ कायम गर्न माग गरेका हुन् ।
केही वर्षयता सरकारले प्रतिक्विन्टल उखुको मूल्य ५३६ रुपैया ५६ पैसा तोक्ने क्रममा उद्योगीले ४७१ रुपैया २८ पैसा तथा सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदानस्वरुप किसानलाई उपलब्ध गराउने निर्णय गर्दै आइरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनी उद्योग सङ्घलाई बोधार्थ राखी बुझाइएको ज्ञापनपत्रमा उखु बेचिएको १५ दिनभित्र उद्योगले दिने रकम र सरकारले उपलब्ध गराउने अनुदान उपलब्ध हुनुपर्ने माग गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्