तपाईँ सुन्दै हुनुहुन्छः

झापामा आज थपिए २८ जना कोरोना संक्रमित

झापा । झापामा आज थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लाका १० वटा पालिकामा १४ महिला र १४ जना पुरुषसहित २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिकामा २ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा ३ महिलासहित ५ जना, बिर्तामोड नगरपालिकामा ४ जना महिला, भद्रपुर नगरपालिकामा २ महिलासहित ६ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष, कनकाई नगरपालिकामा २ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा २ जना महिला, गौरादह नगरपालिकामा १ जना पुरुष, झापा गाउँपालिकामा १ महिलासहित २ जना र बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिनुभयो । संक्रमित सबै जना स्थानीय हुन् ।

झापामा हालसम्म ३२ हजार १८८ स्वाब संकलन गरिएका मध्ये ४ हजार २१० जना संक्रमित छन् । जिल्लामा हालसम्म ११७ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार १३३ र निको भएर घर फर्किएका २ हजार ९६० रहेको चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button