नेपालगन्ज मेडिकल कलेजले थप्यो आइसियु र भेन्टिलेटर

बाँके । नेपालगन्ज मेडिकल कलेजले ३२ वटा आइसियू बेड र भेन्टिलेटर थप गरेको छ । बाँकेको स्वास्थ्य क्षेत्रमा आईसियु बेड थपिनु गौरवमय क्षण भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले बताउनुभयो ।
उनका अनुसार मेडिकल कलेजमा ३२ आईसियु बेड थपिएको छ भने थप १२ भेन्टिलेटर तयारी अवस्थामा छन् । ३ वटै प्रदेशको कोभिडका बिरामीहरुलाई धानेको बाँकेमा कोभिड महामारीमा पनि भेन्टिलेटरको कहिल्यै अभाब नरहेको प्रमुख जिल्ला अधिकारी कुरुम्बागंले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्