तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जबाट ४ महिनामा साँढे ६ अर्बका सवारी साधन भित्रिए

वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो चौमासिक अवधिमा साँढे ६ अर्ब रुपैयाँ बराबरका सवारी साधन भित्रिएका छन् ।

चालू आर्थिक वर्षको साउन देखि कात्र्तिक महीनासम्ममा ६ अर्ब ५५ करोड रुपैयाँ मूल्य बराबरको विभिन्न सवारी साधन आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । देशभरीकै लागी गाडी आयात हुने बीरगञ्ज मुख्य नाका पर्दछ ।

चालु आर्थिक वर्षको ४ महिनामा १ हजार ५ सय १० वटा सवारी साधन वीरगञ्ज नाकाबाट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमनीले बताउनु भयो ।

त्यसैगरी वीरगञ्ज नाकाबाट ४ महिनामा २१ हजार मोटरसाइकल आयात भएको छ । वीरगञ्ज नाकाबाट १३ प्रकारका सवारी साधन आयात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा सवारी साधनको आयात घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सरकारले महँगा गाडी आयातमा लिएको नीतिगत कडाइ, ऋण सीमा र कोरोना संक्रमणका कारण देखिएको बजार मन्दीका कारण गाडी आयात घटेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button