बैतडीको सुर्नया गाउँपालिकामा अनौठो शिशुको जन्म
बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा एक अनौठो शिशुको जनम् भएको छ । सुर्नया गाउँपालिकाको –५ मडकी २१ वर्षीया गिता विकले अनौठो शिशु (छोरा)को जन्म दिनुभएको हो ।
पहिलो सन्तानको रुपमा मलद्धार, नाक र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिनुभयो । समय पुगेपछि ९ महिनामा जन्मेको उक्त शिशुको अवस्था सामान्य रहेको छ ।
बच्चाको मलद्धार, तल्लो ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्ला पलाएका बताईएको छ । दुध चुस्न नसकेको र चम्चाले दुध खुवाइरहेको जनाईएको छ ।
शिशुलाई स्वास्थ्यचौकीले उपचारका लागि धनगढी रेफर गरे पनि आमा र शिशु घर फर्किएको बताइएको छ । आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ । तर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले गाउँपालिकाले उपचारमा सहयोग गर्ने भनेपछि उपचारका लागि बाहिर लैजान नमानेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्