हिमाली गाउँपालिकामा एम्बुलेन्स सेवा सुचारु भएपछी स्थानीय खुशी
बाजुरा । बाजुरा जिल्लाकोे पुर्वी उत्तरी भेगको बिकट हिमाली गाउँपालिकामा मंगलबारबाट एम्बुलेन्स सेवा सुचारू गरिएको छ ।
गाउँपालिकाद्वारा सञ्चालन गरिने एम्बुलेन्स सेवाले गाउका स्थानीयहरुलाइ सहज रुपमा सेवा दिने गरी संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताउनु भएको छ।
गाउँपालिकाका नागरिकहरुले बिरामी भएका बेलामा अकालमै ज्यान गुमाउने गरेकाले उनीहरुको समयमै उपचार गराउने र ज्यान जोखिमबाट बचाउनका लागि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर संचालनमा ल्याएको अध्यक्ष मल्लको भनाइ रहेको छ।
गाउँपालिकामा रहेका विपन्न,गरिव,जेष्ठ नगरिक, असहाय, अपांग, दलित, पिछडिएका, गर्भवती, घाइते विरामीलाइ विशेष छुटका साथ सेवा दिने उदेश्यले एम्बुलेन्स सेवा सुचारु गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर शाहीले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्