बाँकेमा २० जना डिष्चार्ज
नेपालगञ्ज। बाँकेमा आज थप २० जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १४ जना पुरुष र ६ जना महिला रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका श्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ८ सय ६६ पुगेको छ । हालसम्म ४ हजार ५४ जना संक्रमित हुँदा ३९ जनाको भने मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्