अपांगता भएकालाई स्वरोजगार वनाउन विउपुुजी वितरण

विराटनगर- शारिरिक अपांगता भएका मोरङ कटहरी –४ का युुवालाई व्यवसाय संचालनकालागी विउ पुुजी वितरण गरिएको छ । द ल्याप्रोसी मिशन नेपाल टिएलएम फाउण्ड परियोजनाले कुुष्ठरोगका कारण अपांग भएका झरिलाल वास्केलाई व्यवसाय संचालनका लागी २३ हजार ५ सय रुपैया विउपुुजीको रुपमा वितरण गरिएको हो ।
लामो समयदेखी व्हिल चियर प्रयोग गर्दे आउनुु भएका वास्केलाई घडि मर्मत पसल संचालनका लागी मद्त पुुगोस भन्ने उदेश्यले विउ पुुजी सहयोग गरेको संस्थाका क्लस्टर प्रमुुख विपीन दासले वताउनुुभयो ।
अपांग भएपनि उहासंग भएका सिपलाई प्रयोग गरी परिवारको पालन पोषन तथा उनिहरुलाई संपाग जस्तै संक्षम र सवल वनाउदै स्वरोजगार वनाउन संस्थाले विराटनगर लगायत आसपासका गाउतथा नगरपालिका क्षेत्रमा रहेका अपांगहरुलाई विउपुुजी वितरण गर्न थालिएको संस्थाका प्रमुुख दासले वताउनुुभयो ।
अन्तराष्ट्रिय अपांग दिवसको अवसर पारेर संस्थाले अपांगता भएका व्येक्तिलाई इ रिक्सा तथा व्यावसाय संचालनका लागी विउ पुुजी वितरणगर्न शुुरु गरेको हो । अहिले सम्म एकजनालाई इ रिक्सा तथा तिनजनालाई विउपुुजी प्रदान गरेको जनाएको छ ।
कटहरी गाउपालीकाका प्रमुुख रामकुुमार कामतले वास्केलाई विउपुुजी प्रदानगर्दै फाउण्ड परियोजनाले शुरु गरेको कामको सरहाना गर्नुुभयो । अध्यक्ष कामतले अपांगता भएका व्येक्तिलाई स्वरोगार वनाउने अभियानमा गाउपालिका फाउण्ड परियोजनासंग हातेमाले गरेर अघि वढन तयार रहेको वताउनुुभयो ।
रकमको अभावमा सिप भएरपनि व्यवसाय संचालन गर्न नसकेका वास्केले विउ पुुजी पाउदा आफुुलाई ठुुलो सहयोग पुुगको र यो रकमवाट मन लगाएर व्यवसाय संचालनगर्ने वताउनुुभयो ।
उधोग वाणिज्य महासंग तथा राष्ट्रिय अपांग महासंघको सहकार्यमा चारवर्ष सम्म संचालन हुुने सो परियोजनाले महानगरपालिका सहित आसपासका क्षेत्रका साढेसात सय अपांगलाई पुुर्ण रुपमाक कामगर्न सक्नेगरि स्वरोगार वनाउने संस्थाको लक्ष्य रहेको संस्थाका प्रमुुख दासले वताउनुुभयो ।
शारिरिक अपांग भएका २ सय २५ जनालाई विउपुुजी वितरण गर्ने र उनिहरुलाई व्यवसाय संचालन गर्नृ सवल र सक्षम वनाईने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्