तपाईँ सुन्दै हुनुहुन्छः

यान्त्रिकरणको प्रयोग बढेसँगै धान उत्पादनमा वृद्धि

file photo

कञ्चनपुर । कञ्चनपुरमा धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ ।

धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षमा धानको उत्पादन २ लाख १९ हजार ६९ मेट्रिक टन रहेको छ । जुन गत वर्षको तुलनामा ७ प्रतिशत अर्थात् १३ हजार २१२ मेट्रिक टनले बढी रहेको छ । जिल्लामा कूलखेती गरिएको जग्गा ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button