तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र सही प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री राउतले प्रादेशिक सुशासन केन्द्र मुजेलियामा प्रदेश मातहतका कर्मचारीहरुका लागि आयोजना गरिएको सुूचना सञ्चार प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा आजको युग सूचना प्रविधिको युग रहेको उल्लेख गर्नुहुदै अबको समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग गर्न जरुरी रहेको बताउनु भयो ।

मुख्यमन्त्री राउतले कर्मचारीहरुका लागि अनुसाशन आवश्यक रहेको बताउँदै कर्मचारी तन्त्रमा अनुशासन कायम नभएसम्म विकास र समृद्धिको परिकल्पना गर्न नसकिने बताउनु भयो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव यमप्रसाद भुषालको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेश २ का प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलले प्रदेशका कर्मचारीहरुलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र यसको निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा प्रादेशिक सुशासन केन्द्रका निर्देशक रुपेश कुमार साहले तालिमबाट प्राप्त उपलब्धिबारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button