तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाबाट हाटबजार ट्रष्टघर हस्तान्तरण

काठमाडौँ । नेपाली सेनाको सामाजिक/आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा नेपाली सेनाद्वारा रुपन्देही जिल्लाको मर्चवारी गा.पा.–५ महुवारी ईलाकामा व्यवस्थित हाट बजारको लागि निर्माण गरीएको ट्रष्टघर बाहिनीपति सुदर्शन सिलवालले गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, स्थानिय सर्बसाधारण एवम पत्रकार गरि करिव ६० जनाको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको दौरान उल्लेखित ट्रष्टघर निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने मर्चवारी गाउँपालिकाका अध्यक्ष, वडा नं.५ का वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा नं.५ कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुहुँदै आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

हाटबजार निर्माणबाट करिब ४,००० स्थानीय व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्‍नशिल रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button