दार्चुलामा ट्रक दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत

बैतडी । दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेर सिह कार्की, दोगडाकेदार गाउँपालिका ६ गौकुराका जेसिवी चालक २५ वर्षीय धनसिंह भण्डारी र दार्चुलाको शैल्यशिखर नगरपालिका ८ नगतडका १७ वर्षीय चन्द्रसिंह विष्ट रहेका दार्चुलाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले जानकारी दिनुभयो ।
गोकुलेश्वरबाट सदरमुकाम खलंगा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्ताेला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । गएराती १० बजे दुर्घटनामा परेको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ । ट्रकमा सवार तीनै जनाको मृत्यु भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटना हुनुभन्दा ३/४ घण्टा पहिला ट्रकको इन्जिनमा समस्या आएकोले सोही कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतकको शव परीक्षणको काम भइरहेको परीक्षण पश्चात आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्