नेपाल भारत वाणिज्य सचिवस्तरिय बैठक सम्पन्न
काठमाडौँ । नेपाल र भारतका वाणिज्य सचिवस्तरीय बैठक दुई देशबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारतबीचमा संयुक्त व्यापार मञ्च ज्वाइन्ट विजनेस फोरम गठन गर्ने लगायतका सहमती गर्दै सम्पन्न भएको छ ।
बैठकमा नेपाल भारतबीचको पारवहन तथा व्यापार सन्धिको विभिन्न पक्षमा छलफल भै पुनरावलोकन गर्ने विषयमा सहमती भएको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।
बैठकको क्रममा दुबै देशको सीमा क्षेत्रमा व्यापार तथा आयात निर्यात सम्बन्धी पूर्वाधारहरुको निर्माणका विषयमा छलफल हुँदा भारतीय पक्ष सकारात्मक भएको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिनु भयो ।
भिडियो कन्फरेन्स मार्फत भएको बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा गरिएको छ ।
बैठकमा व्यापार तथा पारवाहन सन्धीको बृहत समिक्षा, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयास, दुबै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा सहकार्यको विषयमा छलफल भएको थियो ।
भर्चुअल बैठकको नेपाली पक्षको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गर्नु भएको थियो भने भारतको तर्फबाट उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रले नेतृत्व गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्