दशरथचन्द नगरपालिकामा गरिएको लकडाउन भोलिदेखि खुल्ने
बैतडी । कोरोना सङ्क्रमण फैलन नदिन भन्दै दशरथचन्द नगरपालिकामा गरिएको लकडाउन भोलिदेखि खुल्ने भएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै भोलिदेखि लकडाउन खुल्ने जनाएको हो । यही मंसिर १२ गतेदेखि २२ गतेसम्मका लागि नगरपालिकामा लकडाउन गरिएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिक्रम बहादुर चन्दद्वारा जारी सूचनामा लकडाउनमा सहयोग गर्नुहुँदै सबैलाई धन्यवाद दिनुभएको छ ।
यस्तै भोलीदेखि सबै कार्यालय, यातायात, बजार खुल्ला हुने सूचनामा उल्लेख गरिएको छ ।
दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापासहितका १८ जनामा एकैदिन कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकामा लकडाउन गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्