तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा हालसम्म १३० कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा हालसम्म एक सय ३० जना कोरोना संक्रमणको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लामा हालसम्म विभिन्न अस्पताल तथा होम आइसोलेसनमा बसेका १ सय ३० जना संक्रमितको मृत्यु भएको हो ।

उहाँका अनुसार हालसम्म ८ हजार २ सय ८ जना संक्रमित भएकोमा ७ हजार ३ सय ४ जना संक्रमणमुक्त भइसकेका छन् भने ७ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button