तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो पटक गाउँमा बस पुगेपछि चालकलाई सम्मान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ९ मा पहिलो पटक आफ्ना गाउँमा बस पुगेपछि बस पु¥याउने चालकलाई गाउँलेहरुले सम्मान गरेका छन् ।

धरानबाट सिंधुवा, गणेशटार, जितपर, मारेक हुंदै चल्ने को १ ख ४५३१ का बस चलक नगेन्द्र बिक र कर्मचारी पर्शुराम भट्टराईलाई सम्मान गरिएको हो ।

दुबै कर्मचारीहरुलाई वडा न. ९ का वडा अध्यक्ष बोधनाथ काफ्ले र वडावासीहरुले गुराँस डाँडा गाउँमा सम्मान गरेका हुन् । उनीहरुलाई अध्यक्ष तथा गाउँलेहरुले अबिर र खादा ओढाएर सम्मान गरेका हुन् । यस अघि सिंधुवा हुंदै गणेशटार, मूर्तिढुंगा हुंदै जितपुर बजार सम्म यातायात सञ्चालनमा रहेपनि उक्त वडाको गणेशटारबाट बजगाउँ सम्मको बाटो उपयुक्त नहुंदा यात्रुबाहक बस चल्न सकेको थिएन ।

गत आर्थिक बर्ष ०७६/०७७ मा भौतिक पूर्वाधार मन्त्रालयको ५० लाख र प्रदेश सरकारको १५ लाख गरी कुल ६५ लाख लागतमा सडकको स्तर उन्नती तथा सुधार गरिएपछि गाउँमा बस चल्न सम्भव भएको हो ।

प्रारम्भमा पूर्व सभासद् उर्मिला बिकबाट ५० हजारबाट शुरु गरिएको उक्त बाटोका लागि क्रमश नगरपालिका र वडाले १ लाख ४० हजार र निगाले सिमेन्ट कारखानाले बाटो निर्माणमा सहयोग गरेको थियो ।

उक्त बाटोमा गत बर्ष प्रदेश र केन्द्रको लगानीपछि बाटो बस चलाउन सकिएको सिंधुवा, जितपुर लेगुवा सडक उपभोक्ता समितिका पूर्व अध्यक्ष लोक नेपालले जानकारी दिनुभयो ।

मन्त्रालय र प्रदेशको लगानीमा ४ किमि र अन्य ३ किमि गरी ७ किमि बाटो सुधार गरेपछि आइतबारबाट गाउँमा बस सेवा सन्चालनमा आएको वडा अध्यक्ष काफ्लले जानकारी दिनुभयो ।

बस सन्चालनमा आएपछि नगरका वडा नं.७, ८ र ९ का जनसमुदाय सहित वडा नं.९ का पिपल डाँडा, कोलचौर, तीनघरे गाउँबासीहरु प्रत्यक्ष लाभान्वित हुने काफ्लेले जानकारी दिनुभयो ।

उक्त बाटो सञ्चालनमा आएपछि सिंधुवाबाट नगरको सदरमुकाम जितपुर बजार सम्म छोटो दुरीबाट यात्रा गर्न सम्भव भएको नगरका मेयर पर्शुराम नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button