तपाईँ सुन्दै हुनुहुन्छः

भेरीमा पुल निर्माणले ल्यायो खुसी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८, मैदे र पश्चिम रुकुमको आठविसकोट नगरपालिका–७, सिमतरा विच भेरी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । भेरी नदीमा उक्त पुल निर्माण भएपछि दुई गाउँका बासिन्दाको बाँबीयाको डोरीबाट नदी तर्ने जोखिम पनि टरेको हो ।

पुल निर्माणले जाजरकोटको मैदे र रुकुमको सिमतरा गाउँबीचको सम्बन्ध नजिक बन्न पुगेको छ । उनीहरु विच भौगोलिक दुरीले मात्र हैन । भाइचारा र छिमेकको सम्बन्ध नजिकिएको छ । स्थानीय बासिन्दाको पौडी खेलेर तथा बाँबीयाको डोरीबाट नदी वारपार गर्नु पर्ने वाध्यता पनि हटेको छ । पुल निर्माणले दुई गाउँका बासिन्दालाई छिटो छरितो आवजावतमा सहज भएको नलगाड ८ मैदेका प्रेमबहादुर गिरीले बताउनुभयो । पहिले जोखिम थियो अहिले सहज भएको हो गिरीले भन्नु भयो ।

दैनिक उपभोग्य बस्तुको किनवेच गर्न, घट्ट पिस्न, औषधी उपचार गर्न, विद्यार्थीलाई विद्यालय पठन पाठन गर्न जान लगायत कार्यमा सहज भएको गणेश प्राथामिक विद्यालय मालुवाका शिक्षक कमल बोहराले बताउनु भयो ।

भेरी नदीको मैदे सिमतरामा पुल नहुदा एक शताब्तीदेखि स्थानीय बासिन्दा जोखिम मोलेर नदी वारपार गर्न वाध्य थिए । कतिपयले पौडी खेलेर थप जोखिमपुर्ण तवरले नदी पार गर्न वाध्य हुन्थे । पुल निर्माण पछि स्थानीय बासिन्दालाई चार घण्टा पैदल हिडेर राडि र कायाखेतस्थित पुलबाट आवतजावत गर्नु वाध्यताको अन्त्य भएको आठविसकोट नगरपालिका ७, सिमतराका बिर्खबहादुर मल्लले बताउनु भएको छ । स्थानीय बासिन्दालाई १० मिनेटमै मैदे र सिमतरा गाउँ आउतजावत गर्न सहज भएको मल्लले बताए । स्थानीयको बर्षौंको पर्खाईपछि बल्ल पुल निर्माण भएको मल्लको भनाई छ ।

भेरीमा पुल निर्माण भएपछि ३÷४ घण्टा टाढाको बाटो पुगेर घर फर्कनु पर्ने दुःख हटेकोे छ । पुल निर्माणले विगतका दुःखलाई विर्साएको नलगाड–८ का वडा अध्यक्ष गोविन्द शाहीले बताउनु भएको छ ।

पुल निर्माण पछि जाजरकोटका मैदे, मालुवा, ताँत्रघरङगा, बाँसकोट, मंसिरी, लुपाना, नेटा र रुकुमका सिमतरा, दाँजे, औलीगाउँ, चुर्तीपाखा, ढुंगील लगायत गाउँका अधिकांश बासिन्दा लाभान्वित भएका छन् । डोलिडार आयोजनाको झोलुंङ्गे पुल कार्यक्रमबाट पुल निर्माण भएको हो । १ सय ७५ मिटर लम्बाईको उक्त पुल ९५ लाखको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button