हात्तीको आतङ्कले सप्तरीको श्रीपुरबासी त्रसित , ५ घर तोडफोड
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका– ६ श्रीपुरमा विगत केही दिनदेखि हात्ती आतङ्कले स्थानीयहरू त्रसित भएका छन् ।
आइबार राति करिब तिन वटा हात्तीको समूह आएर ५ जनाको घरमा तोडफोड गरी अन्नपात समेत नास गरेको इलाका प्रहरी कार्यालय करेडवोनाले जनाएको छ ।
हात्तीहरू विगत केही दिनदेखि राती बस्तीमा पसेर आतङ्क मच्चाइरहेको स्थानीयहरू बताउँछन् ।
हात्तीले स्थानीय इन्द्र नारायण चौधरी, उमाकान्त चौधरी, भोला प्रसाद चौधरी, शिव नारायण राम र बद्री नारायण साहको घर तोडफोड गरेको वडा अध्यक्ष लिलाकान्त चौधरीले बताउनुभयो ।
हात्ती आतङ्कबारे सुरुंगा नगरपालिका र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई जानकारी गराइसकिएको अध्यक्ष चौधरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्