गीतकार तथा सङ्गीतकार जगत मर्दन थापाको ८५ वर्षको उमेरमा निधन

काठमाडौँ । गीतकार तथा सङ्गीतकार जगत मर्दन थापाको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।
कोरोना सङ्क्रमण कारण अस्वस्थ भएपछि अस्पतालमा भर्ना हुनुभएका थापाको आज बिहान काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको हो ।
गीत लेखन, गायन र सङ्गीत भर्न समेत सिपालु थापाका आसाको दियो बालेर, माया लुकाई लुकाई, जुनेली रातमा लगायत दुई दर्जनभन्दा बढी गीतहरू रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्