तपाईँ सुन्दै हुनुहुन्छः

आज पनि सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रति तोला ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमवार चाँदी प्रति तोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button