तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा धान खरिद राेकिदा किसान चिन्तित

धनगढी। कैलालीमा साता देखि धान खरिद कार्य राकिएकाे छ । खाध ब्यवस्था तथा ब्यापार कम्पन्नी लिमिटेड धनगढीले गाेदाम र बाेरा अभाव रहेकाे भन्दै किसानबाट धान खरिद गर्न राेकेकाे छ ।

कम्पन्नीले धान खरिदका लागी धनगढी, भजनी, जाेशीपुर लगायतका क्षेत्रमा धान खरिदका लागी (सरकारी काटा) संकलन केन्द्र संचालनमा ल्याएकाे छ । धान खरिद राेकिएपछि धान बिक्रिका लागी अाएका किसानहरु समस्यामा परेका छन् । धान बिक्रि हुने अाशामा दिनरात सरकारी काटा स्थलसम्म धाउने गरेका किसानहरु धान खरिद कार्य राेकिदा चिन्तित देखिएका छन् ।

ब्यापार कम्पन्नीले धान किन्न राेकेपछि सस्ताे दरमा गल्ला ब्यापारीलाई धान बिक्रि गर्न अाफुहरु बाध्य भएकाे किसानहरुकाे भनाई छ । भजनी नगरपालिका १ का किसान ज्ञान बिनाडीले बाेरा सकिएकाे भन्दै ब्यापार कम्पन्नीले धान खरिद गर्न बन्द गरेकाे बताउनुभयाे । यस्तै जाेशीपुर गाउपालिकाका धमेन्द्र बिष्टले कर्मचारी र गल्ला ब्यापारीकाे मिलमताेमा धान खरिद कार्य राेकिएकाे अाराेप लगाउनुभयाे । ब्यापार कम्पन्नीले ढिलाेगरी गल्ला ब्यापारीबाट नैै धान खरिद गर्नका लागी अहिले किसानकाे धान खरिद नगरेकाे उहाले बताउनुभयाे ।

करिव २० हजार क्वीन्टल धान भण्डारण क्षमताका दुई वटा गाेदाम भाडामा दिएकाे खाध ब्यवस्था तथा ब्यापार कम्पन्नीले अहिले बाेरा सकिएकाले धान खरिद राेकिएकाे र केहीदिन भित्रै बाेरा अापुर्ती भई खरिद कार्य सुचारु हुने जनाएकाे छ । सरकारले माेटा धानकाे समर्थन मुल्य प्रति क्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानकाे प्रति क्वीन्टल २ हजार ८ सय ८५ रुपैया ताेकेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button