तपाईँ सुन्दै हुनुहुन्छः

शहीद कृष्ण राना मगर र भगवती स्याङ्वा स्मृति फुटबल प्रतियोगिता शुरु

बर्दिबास- महोत्तरीको बर्दिबासमा शहीद कृष्ण ब। राना मगर र भगवती स्याङ्वा स्मृति प्रथम गोल्ड कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।

संमृद्ध समाज बर्दिबासको आयोजनामा संचालन भैरहेको प्रदेशस्तरीय प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतिगोगितामा न्यू जनचेतना क्लव चपुर, समृद्ध समाज बर्दिबास(ए, भिमान युवा क्लव सिन्धुली, बागमती युवा क्लव सर्लाही, वीरगंज युनाइटेड पर्सा, समृद्ध समाज बर्दिबास(बि, जनकपुर फुटबल क्लव जनकपुर र प्रतिभा संरक्षण युवा क्लव गोल बजारले भाग लिएको आयोजकले जनाएको छ ।

मङ्सिर २७ गतेसम्म आयोजना हुने प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच भव्य रुपमा उद्घाटन गरिएको हो ।पञ्चायती व्यवस्थाका विरुद्ध २०३६ सालमा शहादत प्राप्त गरेका कृष्ण बहादुर राना मगर र माओवादी जनयुद्दमा शहादत प्राप्त गरेकी भगवती स्याङ्बाको सम्मानमा प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका अध्यक्ष दिपक भुजेलले बताउनुभयो । उहाँले आगामी दिनमा समाजले युवा लक्षित अन्य कार्यक्रमहरु पनि संचालन गर्ने जानकारी दिनुभयो ।

प्रतिगोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्धितिय हुने टिमलाई ३० हजार र तृतीय हुने टिमलाई पाँच हजार रुपियाँ नगदसहित मेडल र शिल्ड पुरस्कार रहेको आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फर्वार्ड र उत्कृष्ट डिफेन्स गरि चार जनालाई जनही पाँच हजार रुपैया र प्रमाण–पत्र प्रदान गरिनेछ ।

प्रतियोगिता बर्दिबास नगरपालिका८ हात्तिलेटमा रहेको खेल मैदानमा भैरहेको छ । उद्धघाटन खेलमा समृद्ध समाज बर्दिबास बि र जनकपुर फुटबल क्लवबीच प्रतिष्पर्धा भएको थियो । खेलमा समृद्ध समाज बर्दिबास बि ले २ का बिरुद्ध ४ गोल गर्दै पहिलो जित दर्ता गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button