बाल विवाह न्यूनीकरणका लागि ‘अन्तरपुस्ता सम्वाद’
सप्तरी । राजविराजमा आइतबार बाल विवाह न्यूनीकरणका लागि ‘अन्तरपुस्ता सम्वाद’ कार्यक्रम गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीमा ‘अन्तरपुस्ता सम्वाद’ कार्यक्रम भएको हो ।
समितिको आयोजनामा सोमबार दिउँसो १२ बजे राजविराजस्थित बहिरा बालक स्कूलमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि अभिमुखिकरण कार्यक्रम तथा दिउँसो ३ बजे सहिद दशन चोकमा हिंसा पीडित महिलालाई हौसला प्रदान कार्यक्रम राखिएको मूल संयोजक पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्