प्रधानमन्त्री ओलीले स्थायी कमिटीमा पेस गर्नु भएको पत्र (पत्रसहित)

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आजबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अनुपस्थित हुनुभएको छ । उहाँले बैठकलाई पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिनुभएको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेलले अध्यक्ष ओलीले पठाउनु भएको पत्र वाचन गरेर स्थायी कमिटीलाई जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव (अभियोग-पत्र) छलफल गर्न उपयुक्त नरहेकोले सो प्रस्तावमाथि छलफल हुने बैठकमा आफू सहभागी नहुने जानकारी बैठकलाई गराउनु भएको हो । उहाँले पार्टीलाई सहज र स्वस्थ्य वातवरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनु पर्ने मान्यता यथावत बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले एककिरणका बाँकी काम पुरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धकको लडाईमा प्रभावकारी बनाउने बिषयमा केन्द्रित भएर बैठकका कार्यसुची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने पनि आफ्नो मान्यता रहेको पत्रमा उल्लेख गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले स्थायी कमिटीमा पेस गर्नु भएको पत्र (पत्रसहित):










प्रतिक्रिया राख्नुहोस्