नेकपा स्थायी कमिटी बैठक एक हप्ताका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज बसेको बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कार्यव्यस्तताका कारण अनुस्थित हुनु भएको र उहाँले आफु अनुपस्थित हुनाको कारणसहित पत्र पठाउनु भएको बैठकपछि पत्रकारलाई जानकारी गराउँदै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठक शुरु हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले पठाउनु भएको पत्र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेलले वाचन गरेर स्थायी कमिटीलाई जानकारी गराउनुभएको थियो ।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी गम्भीर संकटमा रहेको बताउँदै पार्टीमा देखिएको संकट समाधान गर्न छलफल व्यापकरुपमा अघि बढाउन आग्रह गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठकमा पेस गरिएको दुई अध्यक्षको प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको र मङसिर २८ पुनः स्थायी कमिटी बैठक बोलाइएको प्रवता श्रेष्ठले जानकारी दिनुभयो । मङ्सिर २५ गतेका लागि बोलाइएको केन्द्रिय समिति बैठक पुष ५ गते बस्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्