फेरीयो महाकाली नगरपालिको नाम पुनः दोधाराचाँदनी

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी मिलाएर बनेको महाकाली नगरपालिकाको नाम फेरी फेरिएको छ । महाकाली नदी पारीका साविकको दुई गाविस दोधारा र चाँदनी मिलेर बनेको महाकाली नगरपालिकाको नाम परिवर्तन गरि दोधारा चाँदनी नगरपालिका नामाकरण गरिएको हो ।
महाकाली नगरपालिकाको नगर सभाले भौगोलिक र ऐतिहासिक महत्वको आधारमा नामाकरण गर्नका लागि सरकार समक्ष सिफारिस गरेको हो । नगर सभाको निर्णय सुदूरपश्चिम प्रदेश सरकारमा पुर्याएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको छ ।
महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले नगर सभाबाट दोधारा चाँदनी नगरपालिका नामाकरण गरि पठाएको बताउनु भएको छ । २०६८ सालको जनगणना अनुसार साविकको दुई गाविसमा ३९ हजार २ सय ५३ जनसंख्या रहेको थियो । २०७३ फागुन २२ गते दोधारा चाँदनी नगरपालिकाको नाम फेरेर महाकाली नगरपालिका बनाईएको थियो । स्थानीय तहको निर्वाचनपछि फेरी नगरपालिकाको नाम दोधारा चाँदनी बनाउनु पर्ने आवाज उठेको थियो ।








प्रतिक्रिया राख्नुहोस्