तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलि गरी ल्याएका सामाग्रीहरु बरामद

सुनसरी । भारतिय बजारबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका सामाग्रीहरु मोरङ प्रहरीले बरामद गरेको छ ।

मोरङको विराटनगर १६ दरैया नहरस्थितबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका उक्त सामानहरु बरामद गरिएको हो ।

बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु बरामद गरेको थियो ।

बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउने आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button