तपाईँ सुन्दै हुनुहुन्छः

फेरिदैँ विपन्न परिवारका खरका छाना

कञ्चनपुर – कञ्चनपुर जिल्लाका तीन नगरपालिकामा स्थायी वसोबास गर्ने आर्थिक रूपमा विपन्न रहेका परिवारको खरको छाना फेरिने भएको छ ।

शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका गरी ८६१ आर्थिक रूपले विपन्न परिवारलाई सुरक्षित आवासमा बस्ने व्यवस्था मिलाउनका लागि छाना फेर्ने कार्य हुन लागेको हो ।

कार्यक्रम अन्तर्गत एक घर बराबर ५० हजार बजेट खर्च गरिने छ । कृष्णपुर नगरपालिकामा ३१३, वेदकोट नगरपालिकामा २७१ र शुक्लाफाँटा नगरपालिकामा २७७ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राखिनेछ ।

आर्थिक रूपले विपन्न परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउने प्रतिबद्धता अनुसार घरको छाना फेर्ने काम हुन लागेको प्रतिनिधि सभा सदस्य नर वहादुर धामीले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button