अनुदानमा आलुको बीउ पाएपछि किसानहरु आलु खेती तर्फ आकर्षित

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ गिदखोराका किसानहरुलाई एक कार्यक्रम बीच शुक्रबार अनुदानमा आलुको बीउ प्रदान गरेपछि व्यवसायिक रुपमा त्यहाँका किसानहरु आलु खेति तर्फ आकर्षित भएका छन् ।
एक गाउँ एक बालि अवधारणा र जलवायु उत्थानशिल खेति प्रविधि अनुसार सामुहिक आलु रोपन कार्यक्रमको आयोजना गरेपछि त्यहाँका किसानहरुले सामुहिक आलु खेति गर्ने तर्फ आकर्षित भएका हुन् ।
सिटिबिआर प्रोजेक्ट, लुथेरन वल्ड रिलिफ तथा कोशि पिडित समाज सप्तरीको सहयोगमा महुलि सामुदायिक कृषक समुहका १५ जना किसानहरुलाई प्रति किसान १ क्विन्टलका दरले संस्थाले निशुल्क रुपमा आलुको बीउ वितरण गरेपछि त्यहाँका किसानहरु आलु खेति तर्फ अग्रसर भएको समुहका अध्यक्ष हरि नारायण यादवले बताउँनुभयो ।
कृषक समुहका सचिव सत्यनारायण यादवले समेत उक्त संस्थाले निशुल्क रुपमा आलुको बीउ उपलब्ध गराएपछि आफूले पनि १ कठ्ठामा आलु खेति गर्न लागेको तथा यसबाट राम्रो आम्दानि हुन सक्ने विश्वास ब्यक्त गर्नुभयो । यसैगरी कृषक समुहको सदस्य समेत रहेको मुसहरु यादवले आफूले पनि झण्डै यसपालि २ कठ्ठामा आलुको व्यवसायि खेति गर्न लागेको तथा यसबाट फाइदा भएको खण्डमा अन्य वर्ष अझै बढी खेति गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा कोशि पिडित समाजका कार्यक्रम संयोजक श्रवण चौधरी ,कार्यक्रम अधिकृत सुकदेव चौधरी ,जिल्ला कार्यक्रम संयोजक प्रविण कुमार यादव , संस्थाका जेटिएहरु पूजा गिरि ,प्रतिभा यादव , कृषक समुहका विजय यादव लगायतको सहभागीता रहेको थियो








प्रतिक्रिया राख्नुहोस्