तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु

नेपालगञ्ज। बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ७ का ७२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का ७० बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो संगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका ६० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button