तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको डाक्नेश्वरीमा एक बालकको शव मृतावस्थामा फेला

सप्तरी। सप्तरीको डाक्नेश्वरीमा एक बालकको शव मृतअवस्थामा फेला परेको छ । डाक्नेश्वरी नगरपालिका वडा नं. ७ ब्रह्मपुरका कमल नरायण मण्डलको ६ वर्षीय छोरो दीपक मण्डल घरबाट दिउँसो करिब १ बजेदेखि हराइरहेका थिए । शुक्रबार बेलुका गाउँदेखि करिव ५ सय मिटरको दुरीमा रहेको पोखरीमा बालकको शव भेटिएको हो ।

स्थानियका अनुसार अहिले पोखरीलाई गहिरो बनाउने काम चलिरहेको र जेसीबिले पोखरी गहिरो गरिरहेकोले कतै धेरै खाल्डो कतै कम खाल्डो भएको छ ।उनी नुहाउन पोखरीमा पसेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button