बेदकोटमा अवैध उत्खनन विरुद्ध उत्रिए स्थानीय
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका –५ स्थित धरमपुर र घुर्सुवा जोड्ने झोलुङ्गे पुल नजिकबाट अवैध रुपमा ग्राभेल उत्खनन गरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।
नगरपालिकाले ठेक्कामार्फत धरमपुर र घुर्सुवा जोड्ने झोलुङ्गे नजिकबाट अवैध रुपमा ग्राभेल उत्खनन गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन ।
स्थानीयहरूले उत्खननमा अवरोध सिर्जना गरेपछि नगरपालिकाका स्रोत व्यवस्थापन समितिका संयोजक तथा वडा .न ९ का अध्यक्ष राम धामी त्यहाँ पुगेपछि उहाँमाथि हात हालाहालको अवस्था सिर्जना भएको एक स्थानीयले जानकारी दिएका छन् ।
उहाँले विरोधका बिच त्यहाँ पुगेका वडा –९ का अध्यक्ष राम धामीमाथि हात हालाहाल भएको बताउनु भएको छ ।
खोलाबाट भइरहेको अवैध उत्खनन बन्द गर्नुपर्ने, भत्किएको बाटो बनाउनुपर्ने र खोलामा तटबन्ध निमार्ण गर्नुपर्ने माग स्थानीयको भएको बेदकोट नगरपालिका–५ का अध्यक्ष गणेश विकले जानकारी दिनु भएको छ ।
बेदकोट नगरपालिकाले ठेक्कामार्फत पुलको छेउबाट अवैध उत्खनन गरिरहेको स्थानीयको आरोप छ ।






प्रतिक्रिया राख्नुहोस्