तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरकी उपप्रमुख उप्रेती चढेको गाडी जलाउने प्रयास

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको गाडी जलाउने प्रयास भएको छ ।

बिहीबार अपरान्ह नेपाल आयल निगमको चारआलीस्थित डिपोमा आयोजित एक कार्यक्रममा सहभागी भई कार्यालयतर्फ फर्किँदै गर्दा उपप्रमुख उप्रेती चढेको मे १ झ १७२ न. गाडीलाई पूर्व–पश्चिम राजमार्गको धाइजन–चारआली सडकखण्डमा एक समूहले बाटो छेकेर जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेविसंघको कार्यकर्ता भएको बताएको र गाडी रोकेर चक्कामा पेट्रोल छर्किएको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले आफू गाडीभित्रै भएको बेला गाडी जलाउने प्रयास भएको बताउनुभयो । रोकिएको गाडी ड्राइभरले एक्कासी हुइँक्यापछि बाँच्न सफल भएको उहाँको भनाइ छ ।

उक्त घटनाको विषयमा नेृवि संघ झापाले भने नेवि संघका कार्यकर्ताले गाडी रोक्न मात्र खोजेको बताएको छ ।

गाडीमा आगजनीको प्रयास गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button