बाँकेमा उपचाररत सुर्खेतका कोरोना सङ्क्रमित पुरुषको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचाररत सुर्खेतका कोरोना सङ्क्रमित पुरुषको आज मृत्यु भएको छ ।
भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७० बर्षीय पुरुषको आज विहान ११ बजे उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
उनी मंसिर ८ गते अस्पताल भर्ना भएका थिए ।
त्यसैगरी आज विहान पनि बाँकेको कोहलपुर–२ का ७४ बर्षीय कोरोना संक्रमति पुरुषको भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।
बाँकेमा हालसम्म कोरोना सङ्क्रमणका कारण ९३ जनाको मृत्यु भएको छ ।
बाँकेमा उपचाररत जिल्ला बाहिरका ५४जना र बाँकेका ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्