तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा यात्रुबहाक बस दुर्घटना, चार जना गम्भिर घाइते

सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुदाँ चार जना गम्भिर घाइते भएका छन ।

नेपालगन्जबाट रुकुम चौरजहरी जाँदै गरेको ना४ख ६६१५ नम्बर बस जिल्लाको कुमाख गाउँपालिका–२ खारखोलाम दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

२६ जना सवार रहेको बस दिउँसो करिब ४ः२० मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनुभयो । घाइतेहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय रागेचौर र प्रहरी चौकी नेटाबाट प्रहरी खटिएको उहाँको भनाई छ ।

बस सडकबाट ३० मिटर तल खसेको छ भने थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button