तपाईँ सुन्दै हुनुहुन्छः

विकासका लागि निजी क्षेत्रसंग मिलेर काम गर्ने अर्थमन्त्रीको तत्परता

file photo

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक सामाजिक विकासका लागि निजी क्षेत्रसंग मिलेर काम गर्ने तत्परता पुन व्यक्त गर्नु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुसँग अर्थ मन्त्रालयमा भएकोे भेटमा अर्थमन्त्री पौडेलले अवरोधहरु पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कोभिड १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने पनि मन्त्रि पौडेलले बताउनु भयो ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्दै निजी क्षेत्रको सल्लाह र सुझाव लिँदै नीति निर्माण गर्ने जानकारी गराउनु भयो ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताउनुभयो ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिन सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button