तपाईँ सुन्दै हुनुहुन्छः

गुइझाओमा फाइब–जीका १७ हजार स्टेशन

गुयाङ  – चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा(फाइब–जी)का लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ ।

स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको फाइब–जी प्रविधि प्रयोग गर्ने लक्ष्यका साथ काम अघि बढेको जनाएका छन् ।

प्रान्तको औद्योगिक उत्पादनलाई सघाउन तथा स्मार्ट औद्योगिक पार्क र सरकारी सेवालाई प्रभावकारी तुल्याउन फाइब–जी सेवालाई प्रयोगमा ल्याइने पनि अधिकारीहरुले बताएका छन् ।रासस–सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button