तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जको कमल गार्मेन्टमा भीषण आगलागी, २ करोडको नोक्सान

फाइल तस्बिर

नेपालगञ्ज । नेपालगन्जको धम्बोझीमा रहेको कमल गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको छ । हिजो साँझ भएको आगलागीले २ करोडको नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उद्योगको मेसिन, तयारी र काँचो कपडा सबै जलेर ध्वस्त भएको सञ्चालक टंक बहादुर धामीले बताउनुभयो । बाँके प्रहरीले दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button