निर्यात व्यवसायलाई विकास प्रर्वद्धन गर्ने गरी नयाँ भिजन निर्माण गरिने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा रहेको निर्यात व्यवसायलाई विकास प्रर्वद्धन गर्ने गरी नयाँ भिजन निर्माण गर्ने भएको छ ।
निर्यात व्यवसायी महासंघ नेपालले नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्व तथा पदाधिकारीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा महासंघका नव निर्वाचित अध्यक्ष शेखर गोल्छाले निर्यातलाई आफ्नो नेतृत्वले उच्च प्राथमिकतामा राख्ने बताउनु भयो ।
अध्यक्ष गोल्छाले निर्यातमा रहेका समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्ने र व्यवसायको लागत, निर्यात प्रोत्साहन, नीतिगत सुधार लगायतका विषयमा ध्यान दिने स्पष्ट पार्नु भयो ।
अध्यक्ष गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात व्यवसायलाई विकास गर्ने गरी महासंघले आफ्नो भिजन निर्माण गर्न लागेको पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनपछि महासंघमा पक्ष विपक्ष सकिएको र आफूले निजी क्षेत्रको र उद्योगी व्यवसायीको साख बढाउन कुनै कसुर बाँकी नराख्ने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष रामबहादुर गुरुङ्गले निर्यातलाई प्रवर्द्धन गर्न नयाँ नेतृत्वले व्यवसायीक हित अनुकुल नीति ल्याउन पहल गर्न सुझाव दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्