सिमिकोट विमानस्थललाई पर्यटकीय हबको रुपमा विकास गरिनेः मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलेले हुम्लाको सिमिकोट विमानस्थललाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताउनु भएको छ ।
आज हुम्लाको सिमिकोट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढोका हुम्ला भएकोले धार्मिक तथा सांस्कृतिक हबको रुपमा विकास गर्नु पर्ने बताउनु भएको हो ।
मन्त्री भट्टराईले पर्यटनको हिसाबले पूर्वको लुक्ला जति नै पर्यटक सिमिकोटमा आउने बताउँदै धार्मिक सांस्कृतिक पर्यटनलाई लक्षित गरी विमानस्थल विस्तार गरिने बताउनुभयो । यहाँले भन्नुभयो यहाँको संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ त्यसले पर्यटन विविधतालाई ध्यान दिँदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्न आग्रह गर्नुभयो ।

उहाँ हुम्लाको पर्यटन क्षेत्रको विकासको लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । मन्त्री भट्टराईले सिमिकोट विमानस्थलमा निमार्ण भई रहेको एप्रोन,पार्किंग लगायतका काम चाँडो सक्न निर्देशन समेत दिनुभयो ।
नेपाल कम्युनिस्ट पाटीका स्थायी कमिटी सदस्य समेत रहनु भएका मन्त्री भट्टराईले नेकपा भित्र अन्तरविरोध मात्रै भएको बताउँदै कुनै पनि हालतमा पाटी नफुट्ने दाबी समेत गर्नुभयो ।
सांसद छक्कबहादुर लामाले सिमिकोट एयरपोर्टमा ४५ सिटे जहाज बस्न सक्ने गरी विमानस्थलको विस्तार गर्न मन्त्री भट्टराईसँग आग्रह गर्नुभयो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले राष्ट्रिय सडक संञालमा नजोडिदा सुत्केरी तथा बिरामी समस्यामा परेको साथै टेलिफोनको समस्या रहेको मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।












प्रतिक्रिया राख्नुहोस्