निर्मल लामा बहुप्राविधिक शिक्षालयको नमुना भवन उद्घाटन

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले निर्मल लामा बहुप्राविधिक शिक्षालयको नमुना भवन उद्घाटन गर्नु भएको छ ।
मंगलवार मन्त्री पोखरेलले बर्दिवास नगरपालिका–११ खयरमारामा शिक्षालयको ३ करोड ७४ लाखको लागतमा निर्माण भएको भवनको उद्घाटन गर्नुभएको हो ।
मन्त्री पोखरेलले कार्यक्रममा बोल्दै देशभरी प्राविधिक शिक्षाको लहर चलेको छ । सातै प्रदेशमा एक वटा नमुना प्राविधिक शिक्षालय संचालन गरेका छौं । गरिखाने शिक्षालाई हामिलाइ विकास गर्न लागेको छ । अरु ६ विषय दिने निर्णय गरेका छौं ।
दक्ष शिक्षक र अभ्यास सहितको शिक्षाले मात्रै प्राविधिक शिक्षा नमुना बन्छ । त्यसको नेतृत्व युवा पुस्ताले मात्रै हुन्छ । ब्ल्याक बोर्डमा पढाएर स्टिफिकेट दिइन्छ कि भन्ने मलाइ चिन्ता छ ।
दक्ष जनशक्तिले मात्रै समृद्धिको सपना पूरा हुन्छ । कामगरि खाने शिक्षाको अभाव दलाली, अनयमितता, भ्रष्टाचार मौलाएको छ ।

श्रमप्रति विश्वास गर्नुपर्छ । अनि मात्रै प्रावधिक शिक्षाले फड्को मार्छ । प्राविधिक शिक्षाले मात्रै देशमा विकासको नेतृत्व गर्छ । प्रावधिक शिक्षाले मात्रै गरिविलाइ शुन्यमा झार्न सक्ने उहाँले भन्नुभयो ।
यस्तै, शिक्षालयको अर्को तीन करोड ७१ लाखमा निर्माण भईरहेको सिटिभिटी निवर्तमान निर्देशक विनय कुमार मिश्रले बताउनुभयो ।
डिप्लोमा इन सिभिल इन्जिनिरिङ, जियोमेट्रइक इन्जिनिरिङ, फोरेस्ट्ररि , होटल मेनेजमेन्ट, फुड एन्ड डेरि, फर्मेसी, रिडियो ग्राफिको पढाइ भैरहेको शिक्षालयका प्राचार्य रमन कुमार मेहताले बताउनुभयो ।
शिक्षालयमा सिटिभिटीले तयार पारेको डिप्लोमा तह, टिएसएलसी र छिटो अवधिको सम्पुर्ण कार्यक्रमहरु क्रमशः संचालित हुनेछ ।
महोत्तरीको विकट क्षेत्रमा पर्ने बर्दिवास नगरपालिका–११, खयरमारामा शिक्षालय खुलेपछि यहाँ अवस्था फेरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्