अछामका ६ स्थानीय तहमा अस्पताल शिलान्यास
अछाम । आधारभूत स्वास्थ्य सेवामा सम्पूर्ण नागरिकको पहुँच पुर्याउने नेपाल सरकारको लक्ष्य अनुरुप अछाम जिल्लाका ६ स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको छ ।
जिल्लाको कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिका र बान्नीगढी जैयगढ गाँउपालिकामा १५ शैय्या तथा तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा १० शैय्याका अस्पतालको शिलान्यास गरिएको हो ।
जिल्लाको ढकारी गाँउपालिका, तुर्माखाँद गाँउपालिका, कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा बन्ने अस्पतालको प्रतिनिधि सभा सदस्य अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बोगटीले शिलान्यास गर्दै उद्घाटन गर्नुभयो ।
बान्नीगढी जयगढ गाँउपालिकामा बन्न लागेको १५ शैय्याको अस्पतालको प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्टले शिलान्यास गर्नुभयो ।
यस्तै चौरपाटी गाँउपालिकामा रहेको चौरमाण्डु प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउन्नोती गरी बन्न लागेको १५ शैय्याको अस्पतालको राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुवँरले उद्घाटन गर्नुभयो ।
जिल्लाका दुई गाँउपालिका रामारोशन र मेल्लेख गाँउपालिकामा भने मन्त्रालयले जारी गरेको सूची समाबेश छैन । तर, ति दुई गाँउपालिकामा ५–५ बेडका कोभिड बिशेष अस्पताल भने संचालनमा ल्याइसकेका छन् ।
जिल्लाको मंगलसेन नगरपालिकामा जिल्ला अस्पताल संचालनमा रहेको छ भने साँफेबगर नगरपालिकामा ५० शैय्याको बयालपाटा अस्पताल संचालनमा रहेको छ ।
२०३२ सालमा स्थापना भई हाल १५ शैय्याको जिल्ला अस्पताल मंगलसैनलाई पनि आज ५० शैय्या अस्पतालका रुपमा घोषणा गरिएको छ । यसअघि नै थप ३५ शैय्याको लागि नेपाल सरकारले घोषणा सहित प्रति शैय्या १ लाखका दरले रकम समेत आईसकेको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज बिष्टले बताउनु भयो ।
अस्पतालको शिलान्यास तथा घोषाणा पछि तीनै जना सांसदहरुले आजको दिन नेपालको स्वास्थ्य क्षेत्रका लागि सुनौलो दिन भएको र अब हरेक नागरिकले सुलभ स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्