कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगको छ ।
कोरोना संक्रमणका कारण आज थप २९ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा संक्रमण पछि मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमणका कारण काठमाडौमा ३ सय ७५ जना, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९१ गरी काठमाडौ उपत्यकामा मात्रै ५ सय ७८ जनाको मृत्यु भईसकेको छ ।
आज देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ९ सय ११ वटा पिसीआर परिक्षण गर्दा १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौंमा ६ सय १५, ललितपुरमा १ सय २५ र भक्तपुरमा ६९ गरी काठमाडौ उपत्यकामा मात्रै ८ सय ९ जना संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगको छ ।
आज देशभर १७ हजार ४ सय २३ जना कोरोना भाईरसका संक्रिय संक्रमित रहेका छन् । जसमध्ये गम्भीर लक्षण देखिएका ३ सय ७५ जनाको आई.सी.यू र ५८ जनाको भेण्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ ।
तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमण मुक्त हुनेको दर ९१ दशमलव ९ प्रतिशत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्